दमक/झापाको दमकमा रहेको आस्था कलेज तथा एकता एकेडेमीले प्रदेश नं. १ शैक्षिक जगतमा एउटा नयाँ उचाइ सहितको उपलब्धि हासिल गरेको छ । अस्थाइ रुपमा अन्तराष्ट्रिय गुणस्तर चिन्ह आइ.एस.ओ ९००१(9001) २०१५ पाउन सफल रहेको आस्था कलेज बिस्कूल रेटीङ र्याङकीङ अवार्ड २०१८ मा बीबीएस कार्यक्रममा नेपालका १२७४ बिद्यालयमध्ये १० उत्कृष्ठमा पर्न सफल भएको छ ।

कलेज प्रमुख टेकनाथ भण्डारीको भनाइमा प्रदेश नं. १ मा नीजि क्षेत्रमा यो सफलता हासिल गर्ने अवसर प्राप्त भएको हो । रोजगार मूलक र ब्यवहारिक शिक्षामा आफूहरुको जोड रहेको र आज त्यसैको परिणाम यो उपलब्धि हासिल भएको कलेजको भनाइ छ । कलेज भौतिक संरचनामा समेत अब्बल रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बी.बी.एस. तहमा अग्रेजी र नेपाली माध्यममा ३ सय बिद्यार्थी रहेको आस्था कलेज र १ देखि १० कक्षासम्म पढाइ हुदै आएको एकता एकेडेमीमा अहिले पनि ५ सय बिद्यार्थी अध्ययनरत रहेकाछन् । यो यस क्षेत्रका अभिभावकको विश्वास र आफूहरुले दिएको शिक्षाको परिणाम भएको भण्डारी दाबी गर्छन् ।

यहि चालु शैक्षिक शत्रबाट अब कक्षा ११ समेत पढाइ शुरु हुने बताईएको छ । दक्ष एवं अनुभवी प्राध्यापक तथा शिक्षक, कुशल ब्यवस्थापनका कारण यो उचाइ र सफलता हासिल भएको बताइन्छ । आफूहरु थप जिम्मेवारपूर्ण भएर अज उत्कृष्ठता हासिल गर्ने गरी लाग्ने आस्था कलेज तथा एकता एकेडेमीका अध्यक्ष बलभद्र कोइरालाले बताए ।