काठमाडौं । विभिन्न समयमा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकम र अन्य डाटा सेन्टर प्रयोग गरी सूचना प्रविधिमा भएका सबै भ्रष्टाचारको छानबिन गरी कडा कारबाहीको माग राख्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेको छ ।

सूचनामन्त्रीलाई सम्बोधन गरेर हालिएको सो उजुरीपत्रमा हालै सूचना प्रविधि केन्द्रअन्तर्गत डाटा सेन्टर प्रयोजनार्थ खरिद गर्न गरिएको टेण्डर प्रक्रियामाथि मन्त्रीको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खरिद गरिएका प्रविधि तथा उपकरणहरुमा करोडौँ रुपैयाँ घोटाला गरिएको भन्दै कारबाहीको माग गरिएको छ । इमेल सर्भिस तथा इमेल मेसेजिङ प्रविधि, भुक्तानी प्राणाली तथा व्यवस्था, २० करोड रुपैयाँ पर्ने सर्भे उपकरण, ओराकल डाटाबेसको लाइसेन्स (२० करोड मूल्यबराबरको) तथा अन्य विभिन्न करोडौँ मूल्यका उपकरण खरिदमा अनियमितता भएको भन्दै धुम्वाराही, काठमाडौंका तिलक खतिवडाले मन्त्रालयमा उजुरी हालेका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा समेत रहेका तिलकले दिएको सो उजुरीपत्रमा अगाडि लेखिएको छ, ‘भुक्तानी प्रणालीबाहेक अरु प्रविधि तथा उपकरणहरु यसअघिनै खरिद गरिसकिएको तर उचित व्यवस्थापन तथा प्रयोगमा नल्याई सोही उपकरणलाई पुनः खरिद गर्न तथा स्तरोन्नति गर्ने बहानामा थप अनावश्यक आर्थिक व्ययभार उत्पन्न गराई व्यक्तिगत स्वार्थ पूरा गर्नलागेको समेत उल्लेख छ । खतिवडाले हाल गरिएको टेण्डर आह्वान तथा प्रविधि खरिद प्रक्रिया स्थगन गरी छानबिन गर्न समेत अनुरोध गरेको छ ।

छलफल बाट साभार