दरबारमार्गस्थित रोयल साइनो रेस्टुराँमा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतबीच ग्याङ फाइट भएको छ ।

दुई समूहमा विभाजित अधिकृतबीच मुक्का प्रहार र हात हालाहालसमेत भएको थियो । प्रहरी नायव उपरीक्षक (डीएसपी) उपअनुसन्धान निर्देशकबाट प्रहरी निर्देशकमा बढुवा हुने विषयमा दुई समूहबीच ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपअनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमिल्सिनाको समूहबीच हात हालाहाल भएको समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।