काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद र कार्यकर्ता भेटघाटका लागि समय निर्धारण गरेका छन् । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता र कार्यकर्ताहरुलाई हरेक १५ दिनमा भेट्ने गरी समय छुट्याएका छन् ।

सांसदहरुले हरेक शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीसँग भेट्न सक्ने बताईएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग पनि भेट गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले हरेक महिनाको पहिलो दिन विहान ११ देखि दिउँसो १ बजेसम्म धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थिति कार्यालयमा कार्यकर्ता भेट्ने बताईएको छ ।