काठमाडौं– काठमाडौंमा बुधबार एक युवक र एक युवतीको शव भेटिएको छ। टेकुबाट सानेपा जाने कालोपुलमुनि वाग्मती नदीको किनारमा युवतीको तथा अत्तरखेलस्थित वाग्मती किनारमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ।

दुवै मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मृतकहरुको फोटोसहितको हुलिया सार्वजनिक गरी कसैले चिनेको भएमा खबर गर्न आग्रह गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत भेटिएकी युवती मंगोलियन अनुहारको भएको प्रहरीले जनाएको छ। त्यस्तै युवकको शव नग्न अवस्थामा भेटिएको छ। दुवै जनाको शरीरमा चोटहरु भेटिएकाले हत्या भएको प्रहरी आशंका छ।