जिल्लाको भेरी नगरपालिका वडा नं ३ स्यालाका ३२ वर्षीय तिलक सुनार पेस्तोलसहित पक्राउ परेका छन् ।
घरमा अवैध हातहतियार राखिएका छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले सुनारको घरमा खानतलासी गर्दा १ थान पेस्तोल, १ थान म्याग्जिन र त्यसमा लाग्ने ४ थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
सुनारलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट हातहतियार तथा खरखजना मुद्दा शिर्षकमा ७ (सात) दिन म्यादथप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रीका बाट साभार
सवाल नेपाल टिभीhttps://youtu.be/JsAhJ2nwYA8










