गृहमन्त्री रामबहादुर थापाले सुन प्रकरणमा केही उच्च निकायका व्यक्तिहरु पक्राउ गरेको जानकारी गराएका छन् । बुधवार व्यवास्थापिका संसदको बजेट माथिको छलफलमा बोल्दै गृहमन्त्री थापाले उच्चतहका व्यक्ति अनुसन्धानको दायरमा आएको बताएका हुन् ।
त्यस्तै मन्त्री थापाले सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको समय नसकिएकाले थप उच्चतहका व्यक्तिहरु अनुसन्धानको घेरामा आउने बताए । गृहमन्त्री थापाले भने, ‘अहिले अनुसन्धान जारी छ । भविष्यमा उच्चतहका पात्रहरु पनि कानुनको दायरमा आउनसक्छन् । अनुसन्धान अझै पनि टुङगिएको छैन ।‘
सुन तस्करीको अनुसन्धान गर्न सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो । प्रधानमन्त्री ओलीले सुन तस्करीमा जो कोही संलग्न भएको देखिए अनुसन्धान गर्ने समेत निर्देशन दिएका थिए ।
छलफलमा सांसदले राखेरको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तै ठुला निर्माण व्यससायीलाई कारबाही भएरहेको समेत जानकारी दिएका थिए।










