काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राऊ गरेको छ।

परिसरअन्तर्गत महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई आज दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।