धादिङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ। दुईजना वेपत्ता भएका छन्।
पहिरोमा परी पाँचजना घाइते भएका छन्। सात घर पहिरोले बगाएको छ।
धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा गएराती पहिरो गएको हो।
पहिरोमा पुरिएर खनीयाबास गाँउपालिका–५ सत्यदेवीकी ३२ वर्षीय वसुदा गुरुङ्ग, ८ वर्षीया छाेरी लक्ष्मी, ५ वर्षीया सरस्वती गुरुङ्ग र अर्का एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परि सम्शेर घले र कोप्ची घले बेपत्ता भएका इलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिए। गोलेका १० वर्षीय नाति विकास गुरुङलाई पहिरोबाट घाइते अबस्थामा उद्धार गरिएको छ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। पहिरोले खनियाँबास–४ चिउरीबोटमा एक घर बगाएको छ।
खनियाँबास–४ दार्खामा पहिरोले दिपक गोतामेको घर बगाएको हो। पहिरोमा परि दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना गोतामे र २ वर्षका रवि गोतामे घाइते भएका छन्।
घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ। वर्षाले धादिङको उत्तरी क्षेत्रका सबै सडक अवरुद्ध हुँदा पीडितको उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ।










