काठमाडौं । काठमाडौमा विहिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज विहान ९ बजेर ५२ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो ।

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धादिङ सुनौलोबजारदेखि ४ दशमलव ५ किलोमिटरको दूरीमा भूकम्प गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्ला, चितवन र पोखरामा पनि महशुस गरिएको छ । भूकम्पको थप विवरण आउन बाँकी छ ।