मुख्यमन्त्री त्रिलोचन भट्टको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान सेती अञ्चल अस्पतालमा पुग्नु भएका मुख्यमन्त्री भट्टको प्रारम्भिक रिपोर्ट अनुसार स्वास्थ्यमा कुनै समस्या नरहेका अस्पताल स्रोत जनाएको छ ।
उहाँलाई फिजिसियन डाक्टर किरण खनाल, अल्ट्रासाउण्ड विषेशज्ञ होमराज पन्तको टोलीले जाँच गरेको थियो । “मुख्यमन्त्री ज्युको भिडियो एक्सरे गरियो, त्यस्तो खास समस्या केहि देखिएन, दौडधुप बढि भएको र खानपान समयमा नहँुदा स्वास्थ्यमा सामान्य समस्या आएको हो” उपचारमा संलग्न डाक्टर खनालले भने ।
हिजो उहाँको रगत र पिसाव पनि जाँच गरएिको थियो खनालले भने उक्त रिपोर्टमा पनि कुनै समस्या देखिएको छैन । डाक्टरहरुले मुख्यमन्त्री भट्टलाई केही दिन आराम गर्न सुझाव दिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य परीक्षणपछि मुख्यमन्त्री भट्टले अस्पतालको बर्तमान अवस्थाबारे डाक्टरद्वयसँग जानकारी लिनु भएको थियो । आवश्यक दक्ष जनशक्तिको अभाव भएकोले उपचारमा केही कठिनाई भएपनि आफुहरु दत्तचित्त काम गरिरहेको उनीहरुले मुख्यमन्त्रीलार्य जानकारी गराएको थिए ।
चिकित्सकका कुरा सुनेपछि मुख्यमन्त्री भट्टले अञ्चल अस्पताल प्रदेश सरकार मताहत आइसकेकाले थप व्यवस्थापनकाल लागि आफू गम्भीर भएर लाग्ने बताउनु भयो ।
गर्मी मौसममा बिरामीको चाँप बढि हुने भएकोले स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन मुख्यमन्त्री भट्टले डाक्टरहरुलाई निर्देशन समेत दिनु भएको थियो । भट्टको स्वास्थ्यमा मंगलवार बेलुकादेखि समस्या आएको थियो ।










