झापा ।
झापाको दमकस्थित क्याम्पसमोड, पाडाजँुगी, डुँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी र धाइजनमोड सडकखण्डमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा झापामा भएका सवारी दुर्घटनामा परी १६ महिलासहित ९३ जनाले ज्यान गुमाए । अधिकांश दुर्घटना पूर्व–पश्चिम राजमार्गको ५५ किलोमिटर सडकखण्डको यिनै ९ स्थानमा भएका छन् । ट्राफिक प्रहरीको त्रिवर्षीय तथ्याङ्क हेर्ने हो भने पनि सबैभन्दा बढी दुर्घटना यही स्थानमा भएको यही सडक खण्डमा भएको दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने गरेको उल्लेख छ । प्रत्येक वर्ष सवारीको चाप बढ्नु, सडकको स्तरोन्नति नहुनु र तीव्र गति नै सवारी दुर्घटनाको मुख्य कारण भएको निष्कर्षसहित ट्राफिक प्रहरीले यी ९ स्थानलाई ब्ल्याकस्पर्ट एरिया (बढी सवारी दुर्घटना हुने स्थल) घोषणा गरेको छ ।
हरेक वर्ष भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ¥याडरगन (गति मापन यन्त्र) को प्रयोग शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । उनले भने– ‘संयम नअपनाई तीव्र गतिमा सवारी चलाउने नै बढी दुर्घटनामा पर्ने गरेको र उनीहरुको घटनास्थलमै मृत्यु हुने गरेको पाइएको छ, अब ¥याडरगनले सवारीको ‘स्पिड’ मापन गर्दै नियम उल्लङ्घन गरेको पाइए ‘स्पर्ट’ मै कारवाही हुन्छ ।’
ट्राफिक प्रहरीले अहिले पूर्व–पश्चिम राजमार्गको ५५ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच शुरु गरेको छ । विशेष गरी बढी दुर्घटना हुने एरियामा ट्राफिक प्रहरीले चेकपोष्ट नै खडा गरेर दुर्घटना न्यूनीकरणका लागि अभियान शुरु गरेको प्रहरी निरीक्षक राईले बताए ।
भित्री सडकमा पनि चेकजाचमा कडाइ पूर्व–पश्चिम राजमार्गसहित मेची राजमार्ग र जिल्लाका भित्री सडक–खण्डमा पनि ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी सञ्चालन हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले भित्री सडकखण्डमा समेत चेकजाँचलाई कडाइ गरेको छ । राजमार्ग वाहेकका भित्री सडक खण्डमा पनि विभिन्न ठाउँमा अस्थाई चेकपोष्ट खडा गरी ट्राफिक प्रहरीले सवारी चेक–जाँचलाई तीव्रता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गको वुधवारे सडक खण्ड र बिर्तामोड–चन्द्रगढी–भद्रपुर सडक खण्डको बिर्ताबजार, चन्द्रगढी, भद्रपुर लगायतका स्थानमा ट्राफिक चेकपोष्ट खडा गरिएको छ । त्यस्तै शनिश्चरे, गौरादह र गौरीगञ्जमा पनि अस्थाई ट्राफिक चेकपोष्ट खडा गरिएको छ ।
मोटरसाइकल बढी दुर्घटना झापामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२मा ८७ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै २०७२÷०७३मा दुई सय ५७ र आर्थिक वर्ष २०७३÷०७४मा एक सय ३७ वटा मोटरसाइकल दुर्घटनामा परे । त्यसैगरी चालू आर्थिक वर्ष २०७४÷०७५मा ११६ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
८० को ‘स्पिड’ भन्दा बढी सवारी चलाउन नपाइने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि ¥याडरगनको प्रयोग शुरु गरिएको बताएका छन् । उनले पूर्वका सबै मूख्य सवै सडकमा ट्राफिक प्रहरीले विहानबाटै सवारीको गति मापनका लागि काम गरिरहेको बताए । ‘सडकको अवस्था हेरेर प्रतिघण्टा ८० किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउन पाइँदैन’– उनले भने – यदि नियम उल्लङ्घन गर्दै सवारी चलाएको पाइए तत्काल कारवाही हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राईका अनुसार तीव्र गतिमा चलाइएका सवारीलाई ५ सयदेखि अवस्था हेरेर १५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । उनले पूर्व क्षेत्रको निर्देशनमा यो काम भइरहेको र झापाका जुनसुकै सडकमा पनि ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाएको पाइए कानूनी कारवाही हुने बताए । राजमार्गमा गुड्ने अधिकांश साना तथा ठूला सवारी कारवाहीमा परेको उनको भनाइ छ ।
यस्तो व्यवस्था छ ऐनमा सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा कार, जिप, भ्यान र पिकअपले बढीमा ८० किलोमिटर प्रतिघण्टा कुदाउन पाउने व्यवस्था गरेको छ । तर, सडकको अवस्था हेरेर मात्र सवारीको गति बढाउन पाइने उल्लेख छ । नियमावलीको परिच्छेद नम्वर ३को दफा १८ उपदफा ५को खण्ड क, ख ग र घ मा सवारीको गति निर्धारण गरिएको छ ।
दुर्घटना न्यूनीकरणमा सहाराको पनि साथ सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ट्राफिक प्रहरीलाई दुई थान ¥याडरगन प्रदान गर्ने भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाका अनुसार सहारा नेपालले दुई थान व्रेथलाइजर (मादक पदार्थ परीक्षण गर्ने यन्त्र) र एक थान ¥याडरगन प्रदान गर्ने भएपछि अत्याधुनिक प्रविधिसहितका उपकरण अमेरिकाबाट मगाइएको बताए । उनले भने– ‘सहकारीका कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले ¥याडरगन र व्रेथलाइजर ट्राफिक प्रहरीलाई प्रदान गर्ने भनेपछि आफैंले अमेरिकाबाट ती सामान मगाएको छु ।’ असार २२ गते एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक प्रहरीलाई ¥याडरगन र व्रेथलाइजर प्रदान गरिने भएको छ । जसको मूल्य ९ लाख भन्दा बढी रहेको बताइन्छ ।
एकैदिन ७८ कारवाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कमल गाउँपालिकाको शहीद गेट र चुलाचुली मोडमा गरेको सवारी चेकजाँचका क्रममा ७८ सवारी कारवाहीमा परेका छन् । तीव्र गतिमा रहेका ४१ बस, ८ ट्रक, १४ कार, जिप र १५ वटा मोटरसाइकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिए । कारवाहीमा परेका सवारीबाट प्रहरीले ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।










