प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाज ल्याउने कुरा गर्दा व्यङ्ग गर्नेहरुलाई पुस १५ सम्म धैर्य गर्न सुझाव दिएका छन् । बिहबिार स्व. मदन भण्डारीको ६७ औ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘म आलोचना, टिप्पणी र विरोध सुन्न तयार छु । तर तपाइले बोलेको कुरा रेकर्ड हुन्छन्, दश बर्षपछि मजाकको बिषय बन्नु होला’ ओलीले भने ।
आफूले रेल र पानीजहाजको कुरा गर्दा मजाकमा उडाउनेले केही समयमा पानीजहाज चढ्न पाउने बताएका छन् । ‘मैरे रेलको कुरा गर्दा खेलौना रेल बनाए, पानी जहाजको कुरा गर्दा बाल्टीको पानीमा कागजको डुंगा बनाए’, ओलीले भने, ‘अब हेर्दा हेर्दै हनुमाननगर (कोशी)बाट जहाज चलाउँछौ, सन् २०१८ सम्ममा सम्भव नभए अर्थात पुस १५ मा सम्भव नभए पुस १६ गते पानी जहाज चढेर कलकत्ता जान निम्ता छ, साथीहरुलाई ।’
ओलीले पूर्व पश्चिम रेल पनि चल्ने बताउनु भयो । ‘मलेसियामा मोहमद मोहथिरले ८० किमि टाढा एयरपोर्ट बनाउँदा किन यति टाढा भनेर विरोध गरे, ट्विन टावर बनाउदा किन चाहियो भन्थे । अहिले त्यहाँ बुझे, अहिले सारा व्यापारिक केन्दै त्यो बनेको छ । यस्ता कुरा हुन्छन जहाँपनि’ ओलीले भने ।
घरघरमा ग्यास लाइनको कुरा गर्दापनि आफूलाई व्यङ्ग गरिएको उनले गुनासो गरे ।
‘धुँवामा चुलो बालेर आँखा मिचिरहेको समयमा पाइप लगेर जोडदिन्छु भनेको त, फू फू गरेर चुलो बालेको देखेकाले झण्डै बहुलाउन लागे’, उनले भने, ‘यस्तो हुन्छ शुरु शुरुमा । तर हामी एयरपोर्ट बनाउँछौ, ड्राइभर निदाइगए भनेपनि गाडी नखस्ने खालको रेलिङसहितको बाटो बनाउछौ ।’
ओलीले नेपालमाथि बाह्य हस्तक्षेपको युग अन्त्य भएको दावी पनि गरे ।










