काठमाडौं, १५ असार–नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइड–बडी (ए ३३०–२००) मध्ये पहिलो जहाज ‘अन्नपूर्ण’ काठमाडौं ओर्लिएको छ । ६ दशकअघि २८ सिट क्षमताको ‘डगलास डिसी–डाकोटा’ जहाजबाट उडान यात्रा थालेको निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको हो । निगम १ जुलाई अर्थात् आइतबार ६१औँ वर्षमा प्रवेश गर्दै छ ।
२७४ सिटे जहाज काठमाडौं ओर्लिएको निगमको पहिलो वाइड–बडी जहाजको सिट क्षमता २ सय ७४ छ । १८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लासका छन् । फ्रान्सको तुलुजबाट करिब ९ घन्टाको उडानमा यो जहाज काठमाडौं आइपुगेको हो । अर्को वाइड–बडी डेढ महिनाभित्र नेपाल ल्याउने योजना छ ।
नयाँ जहाज आएसँगै आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र पहिलो चरणमा कतारको दोहा र युएईको दुबईमा उडान थाल्ने योजना छ । दोस्रो चरणमा जापान, दक्षिण कोरिया र साउदी अरबको रियादमा निगमका वाइड–बडी जहाज उड्नेछन् ।, नयाँ पत्रिकामा खबर छ ।










