काठमाडौं । रौतहटमा गएराति प्रहरी र अज्ञात समूहबीच दोहोरो गोली हानाहान भएको छ । रौतहटको राजदेवी नगरपालिकास्थित मुडबलागाउँको उत्तरमा रहेको बागमती नदिको तटबन्ध क्षेत्रमा दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।

मृत्यु हुने व्यक्तिको सनाखत भइसकेको छैन । प्रवक्ता थापाका अनुसार दोहोरो रुपमा करिब ३१ राउण्ड गोली चलेको थियो । उनले उक्त समूह ठूलै आपराधिक गिरोह हुन सक्ने बताउँदै उनीहरुसँग भएका अत्यधुनिक हतियार बरामद गरिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुट्टा र पिठ्युमा गोली लागेका उनलाई उपचारका लागि गौर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । मृतकको साथबाट एसएमजी बन्दुक र त्यसमा लाग्ने म्यागेजिन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अत्यधुनिक हतियारसहित नेपाल प्रवेश गरेको सूचना पाएपछि टोली परिचलान गरेको थियो । उक्त समूहलाई रोक्ने प्रयास गर्दा मोटरसाइकलमा आएको समूहले गोली चलाएपछि प्रहरीले पनि चलाउनुपरेको जनाएको छ । गोली चलेको स्थान भारतीय सीमाक्षेत्र नजिकै भएकाले घाइते भएका दुईजना भारततर्फ भागेको प्रहरीले जनाएको छ । बार्हखरी बाट साभार