झापा । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कमल गाउँपालिकामा गएराती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टरले कमल गाउँपालिका ३ चुलाचुली मोडमा विपरित दिशाबाट आउदै गरेको मे १०प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ईलाम चुलाचुली गाउँपालिका २ का २६ वर्षीय साङगेन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याक्टरको ठ्क्करबाट गम्भीर घाइते राईलाई उपचारका लागी दमकस्थित लाईफलाईन अस्तपाल लगिएको थियो । उनको सोही अस्पतालमा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टरका चालक ट्याक्टर छाडेर फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले बताएको छ










