नेपालको नाम उच्च पार्दै सन्सारभरी उदाहरणीय बन्दै गएकी नेपाली दिपकि ज्योती, साहित्यकार झमक घिमीरेलाई हिजो दमकमा सम्मान गरिएको छ । दमक पव्लिक लाइव्रेरीले आपनो सातौ बार्षिक स्थापना दिवसको अवसर पारेर उहाँलाई दमक सम्मान–२०७५ द्वारा सम्मानित गरेको हो ।

नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए वापत घिमीरेलाई नगद १५ हजार ५ रुपैया राशीसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो । पाँचौ संस्करणको सो सम्मान प्रदेशसभा सदस्य अर्जुन राईले प्रदान गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाइव्रेरीले बर्सेनी सञ्चालन गर्दे आएको दमक सम्मान कार्यक्रमका लागी कमल गाउँपालिका–६ मा रहेको हिमाली बोर्डिङ स्कुलले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । कोषमा बर्सेनी १ लाख रुपैया जम्मा गर्दै आउँदो १० वर्षमा १० लाख रुपैया पुर्‍याउने संझौता भएको लाइव्रेरीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

दमक पब्लिक लाइब्रेरीले सबैका लागि शिक्षाको अभिप्रायले डिपिएल शैक्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्न कोष स्थापना गरेको छ। उक्त कोषको निम्ति हाल लण्डन निवासी पुनम लिम्बुले आफ्नी स्वर्गीय माता लक्ष्मी सुब्बाको नाममा रु एक लाख जम्मा गरि आगामी दिनमा अझै सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो।

उक्त कोषकै निम्ति स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको तर्फबाट आगामी ५ बर्ष सम्म प्रत्येक बर्ष रु २०,००० को दरले जम्मा गर्दै जाने प्रतिबद्धता भएको छ।

त्यसैगरी ब्यबसायी, सामाजिक ब्याक्तित्व एवं लाइब्रेरी का सदस्य भरत चौलागाईंले हरेक बर्ष एकजना लाई विद्यालय मा लाग्ने खर्चको जिम्मेवारी लिने घोषणा गर्नुभएको छ भने यसैबर्षदेखी लाइब्रेरी ले विद्यालय पठाउन थालेको र अरु दुइजना लाई पनि विद्यालय पठाउने तयारी भैरहेको जनाइएको छ।

"सुन्दर भविस्यको निम्ति पुस्तकालय " भन्ने नारासहित निकट भविस्यमै लाइब्रेरी को शाखा विस्तार गर्ने र उक्त कार्यको निम्ति तयारी शुरु भैसकेको अध्यक्ष भेषराज न्यौपानेले जनाउनु भएको छ।