त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागि भन्दा छिटोछिटो धान रोपेको देखेर अन्य सहभागिहरु चकित परेका थिए ।

गृहजिल्ला कपिलवस्तुको तिलौराकोटमा धान दिवस कार्यक्रममा सहभागी कृषिमन्त्रीको टाउकोमा धानको बीउ देखिएको हो । खेतमा देखिएका मन्त्री खनालको टाउकोमा धानको बिउको थुप्रो राखेको देखियो । धान दिवस खेतमा बीउ रोपेर फलाउने उद्देश्यका साथ मनाइन्छ । खेतमा रोप्नुपर्ने बीउ मन्त्रीको टाउकोमा पुग्नु अचम्मको दृश्य बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यो बीउ खेतमा रोपिएको भए २–४ मुठी भएपनि धान उत्पादन हुने थियो । धान दिवसकै दिन अनौठा हर्कत गरेका कारण यसअघिका केही कृषिमन्त्री समेत विवादित भएका थिए ।

२०७३ सालको धान दिवसमा गमलामा धानको बीउ रोपेर तत्कालीन कृषिमन्त्री हरिबोल गजुरेल आलोचित भएका थिए । रोपाइँको खेतमा गलत व्यवहार देखाएको भन्दै तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीको समेत आलोचना भएको थियो । कृषि कर्म र त्यस सम्बन्धी दिवसलाई कृषककै शैलीमा मनाउनुको साटो औपचारिकतामा ढाल्ने र सम्मान थाप्न खोज्ने प्रवृत्तिले मन्त्रीहरू विवादित हुने गरेका छन् ।

धान दिवसको औपचारिकताका लागि दही चिउरा खाने लगायतका कार्य गर्न सकिन्छ ।