काठमाडौं– ललितपुरमा शुक्रबार भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। चापागाउँबाट चौघरी जाँदै गरेको बा ४ प ५३६४ नम्बरको बस भादेउमा दुर्घटना भएको हो।

दुर्घटनामा ४० वर्षिय लालमाया गोलेको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका इन्सपेक्टर सीताराम हाछेथुले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसमा २७ जना सवार थिए। घाइते २३ जनाको टिकाथलीस्थित आनन्दबन अस्पतालमा उपचार भइरहेको छ।

इन्सपेक्टर हाछेथुका अनुसार साँघुरो मोडमा बस चिप्लियर करिब ६० मिटर तल खसेको थियो। दुर्घटनमा चालक आइतलाल गेवा पनि घाइते भएका छन्। अपरान्ह करिब ५ बजे बस दुर्घटना भएको हो।