दमक/झापाको दमक नजिकै कमल गाँउपालिका ५ मंगलवारे नजिक ५ को मा केहिबेर अघि दुर्घटना भएको छ । ट्याक्टर र मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
स१च३१५२ नम्बरको ट्याक्टर र मे६प४७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले बताएको हो । मोटर साइकल चालक पर्वत गुरुङ घाइते बनेकाछन् ।
उनको दमक स्थित लाइफलाइनमा अस्पतालमा प्रारम्भिक उपचारपछि न्यूरो अस्पताल बिराटनगर उपचारका लागि लगिएको जनाईएको छ ।










