दमक/झापाको दमक बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख उत्तम भट्टराइ र क्याम्पस स्वबियू सचिव रोशन भण्डारीले क्याम्पस हाताभित्र आफुलाइ हातहालेको भन्दै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएकाछन् ।
शुक्रबार विहान क्याम्पसमा भएको घटनाको बिषयमा समझदारी गर्न खोजिएपनि हुन नसकेको बताइन्छ । क्याम्पस प्रमुख भट्टराइले आफूलाइ काम छ भनेर एकान्तमा बोलाएर भण्डारीले कुटेको भन्दै जाहेरीमा उल्लेख गरेको बताइएको छ ।
परिक्षामा आफुलाइ पास गराइदिने बातबरण बनाइदिनु पर्ने भनेको र सक्दिन भन्दा आफूमाथि आक्रमण भएको भट्टराइले प्राध्यपकहरुको छलफलमा बताएको एक प्राध्यापकले सवाल नेपाललाइ बताए ।
भण्डारीले क्याम्पसमा भएका विकृतीको बिषयमा आवाज उठाउदा क्याम्पस प्रमुखले आफूलाइ हात हालेको भन्दै जाहेरी दिएको बताइन्छ । भण्डारीले क्याम्पसको भ्रष्टाचारको बिषय उठाउदा आफूमाथि आक्रमण भएको जनाएको स्वबियूका एक पदाधिकारीले बताए । दुबै पक्षको जोहरी परेको प्रहरी श्रोतले बतायो ।
घटनाको बिषयमा बिद्यार्थी संगठनहरु, राजनीतिक दलहरुबीच समेत अनौपचारिक रुपमा छलफलहरु भएपनि घटनाको बिषयमा के गर्ने भन्ने बिषयमा कुनै सहमति हुन नसकेको बताइन्छ ।










