काठमाडौँ । पोखराको खानेपानी संस्थानले उपलब्ध गराउने पानीको धारामा माटो र बालुवाको लेदो आएपछी खानेपानी अफिसमा हंगामा मच्चीएको छ।

धारामा लेदो आएपछी उपभोक्ताले त्यो पानी खानेपानी संस्थान, पोखराका प्रमुखलाई खुवाउन बोत्तलमा हालेर कार्यालयमा पुगे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछी उपभोक्ता र कार्यालयका कर्मचारीहरु बिच जुहारी चल्यो । ‘हामीले खानेपानी संस्थानलाई पैसा तिरेको यस्तै पानी खान हो ?’ - आक्रोशित उपभोक्ताहरुले प्रश्न गरे।

कार्यालयका कर्मचारीहरुले आफुहरु संग पानी प्रसोधन गर्ने प्रयाप्त साधन नभएकोले फोहोर पानी पठाउन बाध्य भएको बताए।

झण्डै एक घण्टा सम्म खानेपानी संस्थान, पोखरामा हंगामा मच्चीयो। गण्डकी टेलिभिजनको लोकप्रिय कार्यक्रम गण्डकी छड्के ले सम्पुर्ण भिडियो सार्वजनिक गरेको छ। हेर्नुहोस तलको शनसनीपुर्ण भिडियो :

https://youtu.be/5bqK3rh7FNA