जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि अनशन बस्ने तयारी गरिरहेका वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीको अनसनलाई लक्षित गरि जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको निर्देशन अनुसरा जुम्ला सदरमुकाका तीन क्षेत्रमा कुनपनि किसिमको अनशन आन्दोनल तथा नारा जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाउने गरी सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि करिव २ सय मिटर वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निषेधित आज्ञाको अवेज्ञा गर्दै डा. केसी अनसन बस्ने तयारी गरिरहेका छन्। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौपछि पनि एमबीबीएस विद्यार्थी धर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनशनको विषय छ।

‘कर्णालीमा म सत्याग्रह गर्न आएको हुँ। जनताले सेवा पाउन भन्ने मेरो उद्देश्य हो,’ डा. केसीले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तीर्थस्थल हो म त्यही अनसन बस्छु, सरकारको निषेधित क्षेत्रको भद्र अवज्ञा गर्छु’। कान्तिपुर दैनिक बाट