काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा भारी वर्षा हुने सम्भावना अाैँल्याउँदै सतर्क रहन अाग्रह गरेकाे छ । मनसुन सुरू भएसँगै वर्षाका कारण प्रमुख नदीहरुमा पानीकाे सतह बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई बाढी अाउन सक्नेतर्फ सतर्क आग्रह गरिएको हाे ।
पूर्व र पश्चिमका केही स्थानमा ३ दिनसम्म भारी वर्षा हुने महाशाखाद्वारा जारी बाढी बुलेटिनमा उल्लेख छ । मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षा हुने अाैँल्याइएकाे छ ।
बुलेटिनमा बागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान गरिएकाे छ । आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । यसले तरार्इ तटीय क्षेत्रमा बाढीकाे खतरा रहेकाले सतर्क रहन अाग्रह गरिएकाे हाे ।
पुर्बेली न्युज बाट










