पटक–पटक अनसन बसेर चर्चामा रहेका डा। गोविन्द केसी समर्थकसहित जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । जुम्लाको अनसन केसीको १५ औं अनसन हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनसन गर्न खोजेका डा। केसीलाई प्रहरीले रोकेपछि प्रशासन कार्यालय अगाडि नै धर्ना बसेका हुन् । डा। केसीले प्रशासनले तोकेको निषेधित क्षेत्र तोडेका छन् ।
शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार भएको भन्दै अस्पतालमा अनसन बस्न नदिएसम्म धर्नामा बस्ने डाक्टर केसीले बताए । प्रहरीले अस्पताल जान नदिएपछि केसीको अनसन बस्ने कार्यक्रम प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा समर्थकसहित डा. केसी हातमा प्लेकार्ड लिएर बसिरहेका छन् । सुरक्षाकर्मीले धर्ना छाड्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । टिभी अन्नपूर्ण बाट










