प्रहरीले तीन किलो सुनसहित दुईजनालाई काठमाडौँको नागढुङ्गाबाट पक्राउ गरेको छ । प्रहरीले बिहान साढे ११ बजे नागढुङ्गा चेकप्वाइन्टबाट भारतीय नम्बर प्लेटको गाडी चेक गर्ने क्रममा सुनसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको चम्पराका चालक १९ वर्षका दीपक कुमार मोर्रे र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगरका २३ वर्षका मनोज बि.क. रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युके ०२४६८४ नम्बरको मारुती गाडीको एयर फिल्टरबाट लुकाइ राखेको तीन किलो सुन बरामद भएको हो । पक्राउ गरेका व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।