काठमाडौं– आज राति देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जनाएको हो। मनसुन भित्रिइसकेको तथा मनसुनी न्यून चापीय क्षेत्र नजिक आएकाले अधिकांश स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार दिनभर पनि देशका विभिन्न स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा भएको छ।