काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा प्रस्तुत गरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

शुक्रबारको संसद बैठकमा दर्ता गरिएको प्रतिस्थापन विधेयक आजको संसदमा प्रस्तुत गर्ने कार्यसूची छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई सत्तारुढ दलले तोडमोड गरेर ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएको नेता गगन थापाले जानकारी दिनुभयाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले वैशाख १३ गते संसदमा प्रस्तुत गरेको अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्याउन लागेको कांग्रेसको दाबी छ । एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेको हो ।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिँदा गुणस्तर खस्किने आवाज उठिरहेका बेला सरकारले अध्यादेशमा भएको व्यवस्था हटाएको हो ।