पाली काँग्रेसको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । सरकारले चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने तयारी गरेपछि काँग्रेसले विरोध गरेको हो ।
फाष्टट्रयाकबाट विधेयक पारित गर्ने सहितको कार्यसूची राखेपछि नेपाली काँग्रेसले त्यसको विरोध गरेको छ । आजको बैठकमा शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।
प्रमुख प्रतिपक्षले विधेयकमा गरिएको परिर्वतन आफूहरुलाई मान्य नहुने र विधेयक पेश भएका संसद वैठक अवरुद्ध गर्ने चेतावनीपछि आजै पारित गर्ने भनि बसेको संसद वैठक सोमवार ११ वजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
संसद् नियमावलीको नियम निलम्वन गरेर प्रतिनिधिसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको मनसाय ठिक नभएको भन्दै कार्य व्यवस्थाको वैठकमा काँग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले यो प्रक्रिया मान्य नहुने चेतावनी दिएका थिए ।
उनको चेतावनीपछि पहिलो वैठक आधा घन्टाका लागि भन्दै साढे ११ मा स्थगित भएको थियो । १ वजे शुरु हुनु पर्ने बैठक शुरु गर्न नसक्ने अवस्था सिर्जना भएपछि सूचना टाँस गरेर स्थगित भएको हो ।
शुरुमा विशेष समयमा सांसदहरुलाई आफ्नो भनाई राख्न दिए लगत्तै सभामुख कृष्णबहादुर महराले आधा घन्टाका लागि वैठक स्थगीत गरेका थिए । काग्रेसले अवरोध गर्ने जानकारी पाएपछि महराले आइतबारको संसद् बैठक आधा घण्टा स्थगित गरेका थिए ।
विधेयक पेश गर्ने विषयमा प्रतिपक्षसँग छलफल गर्न बैठक स्थगित गरिएको थियो । तर, प्रमुख प्रतिपक्षले नियम निलम्वन गरेर विधेयक आजै पारित गर्ने कुरा मान्य नहुने बताएका कारण बैठक भोलीका लागि सरेको हो ।










