काठमाडौँ । लगातार वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सप्तकोशी आसापसका क्षेत्रमा रहेकाहरुलाई सर्तक रहन आग्रह गरेको छ ।

विज्ञान विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिमि र १२ घण्टामा ९१ मिमि वर्षा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अझै पनि वर्षा हुने क्रम जारी रहेकाले आसपास सतर्क रहन अुनरोधसमेत गरेको छ ।

विभागले आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले स–साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता पनि अपनाउन आग्रह गरेको छ ।

आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यम देखि भारी बर्षा हुने संभावना भएकाले बाढी आउन सक्ने बताएको छ ।

आज गोरखा, धादिङ, लम्जुङको, कास्कीको केही स्थानहरूमा भारी बर्षाको संभावना छ । पहाडका साना नदीहरूमा एक्कसी बाढी आउन सक्ने विभागको भनाई छ । साथै आज र भोलि बागमती र नारायणी नदी तटिय क्षेत्रमा विशेष सतर्क रहन भनिएको छ ।