दमक/दमकका ब्यापारी पुर्णबहादुर गुरागाइले आत्महत्या गरेपछि उनले लिन र दिन बाँकी रहेको रकम छानबिन गर्नका लागि नगरपालिकाले समिति बनाएको छ । नीजिकी श्रीमतिको निवेदनका आधारमा समिति निर्माण गरिएको जनाईएको छ । यसले तिर्न र लिन बाँकी रहेको प्रतिवेदन तयार पार्नेछ । यस्तो छ नगरपालिकाको सुचना
झापा जिल्ला दमक नगरपालिका वडा नं. ५ मा विगत १० वर्षदेखि रिया ट्रेडर्स नामबाट किराना, ग्याँस, मदिराजन्य कारोबार गर्दै आएका दमक–५ निवासी पूर्णबहादुर गुरागाइँले मिति २०७५ जेठ ८ गते आत्महत्या गरेकाले निजको नाउको ऋण तथा धन छानबिन गरी फारफछ्यौट गरी पाउँ भनी निजको पत्नी तारा कार्की गुरागाईले दमक नगरपालिकामा निवेदन पेश गरेकाले दमक नगरपालिकाले निजको ऋण धन छानबिन समिति गठन गरेकाले तपाई, ब्यापारी, व्यक्ति, वैंक, सहकारी संस्था वित्तीय संघसंस्था सम्बन्धित सबैलाई प्रमाणसहित असार २० गतेसम्म बिहान १० बजेदेखि २ बजेसम्म दमक नगरपालिका वडा नं. ५ वडा समितिको कार्यालयमा निवेदन गर्नुहोला ।
साथै निजलाई तिर्नु÷बुझाउनु पर्ने भए दमकस्थित सानिमा बैंकमा रहेको छानबिन समितिका ३ जनाको संयुक्त रुपमा रहेको खाता नं. ००२०००४१२८० E मा नगद जम्मा गरी भौचरसमेत पेश गर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।











