मस्को– पुर्व विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। टाइब्रेकरमा रुसले स्पेनलाई ४-३ गोलले हरायो।
टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन्। रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे।
निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो।
यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १/१ गोल भएपछि ३० मिनेट थपिएको थियो। आत्माघाति गोलमा पछि परेको रुस पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा ल्याएको थियो।
डिबक्सभित्र डिफेन्डर जेरार्ड पिकेको हातमा बल लागेपछि रुसले पेनाल्टी पाएको थियो ।
आर्टिम ज्युवाले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै स्पेनको अग्रता तोडेका हुन् ।
त्यसअघि सर्गी इग्नासेभिचले १२ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। आसेन्सियोको फ्रिकिकलाई उनले सिक्स यार्ड सर्कलबाट क्लियर गर्ने प्रयाश गरेका थिए।
जारी प्रतियोगितामा यसअघि भएका दुई खेल भने ९० मिनेट समयमै सकिएका थिए।










