सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ३ अमहवामा मा खोलाको बाध फुटदाँ सयौं घरहरु डुबानमा परेको छ । करिब दुई दिन देखी लागातार अबिरल बर्षाका कारण धनेवा खोलाको जलस्तर बढेपछि आज बिहान करिब १० बजे खोलाको उत्तरी पश्चिम बाध फुटेपछी अमहवा,नन्दपुर, धनेवा,बरगदवा, लगायतहरुको गाँउहरुमा बाढी आएपछि हजारौ मानिसहरु बिस्थापित हुन पुगेको वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिनु भयो ।

डुबानमा परेका मानिसहरुलाई सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्दार कार्य भईरहेको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो । बाढी प्रभावित क्षेत्रहरुको मानिसहरुलाई सतर्क रहन आग्रह समेत गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड