प्रहरीका अनुसार आइतबार बरामद भएको ६ किलो सुनको मालिक र यसको तस्कर समूह चिनियाँ नागरिक रहेको खुलेको छ ।

सुनसँगै पक्राउ परेका तामाङ भने भरिया मात्रै हुन् । उनैको बयानका आधारमा सो सुनका मालिक र तस्कर समूह चिनियाँ नागरिक रहेको खुलेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘बरामद सुन केरुङबाट ल्याइएकोे हो । सो सुन चिनियाँ नागरिकले दिएको सुनसँगै पक्राउ परेका तामाङले बयानमा भनेका छन् । काठमाडौंमा उनले सोही चिनियाँ नागरिकले भनेको मान्छेलाई उक्त सुन दिन लागेका थिए । त्यो मान्छेको सम्बन्धमा भने खोजी भइरहेको छ ।’