काठमाडौं, १९ असार– सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो ।

यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ । ‘संसदीय सुनुवाइ समिति गठन भएलगत्तै हामी रिक्त रहेका नियोगमा राजदूत नियुक्त गर्छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘त्यतिवेलासम्म सरकारले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पनि टुंग्याउनेछ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार परराष्ट्र मन्त्रालयले राजदूतको योग्यतालगायतको मापदण्ड तयार गरेको छ र मन्त्रिपरिषद्ले  पारित गर्नेछ ।

कुटनीतिक श्रोतका अनुसार सरकारले भारत र मलेसियामा परराष्ट्र सेवा बाहिरबाट राजदूत पठाउने छ भने न्युर्योकस्थित नियोगमा युएईमा परराष्ट्र सचिवलाई पठाउने छ ।

भारतका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रती, पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको नाम पनि चर्चामा छ ।, नयाँ पत्रिकामा खबर छ।