काठमाडाैँ । रसियामा जारी फिफा विश्वकप फुटवलमा अाइतबार राति भएकाे बेल्जियमले नाटकीय जित निकाल्दै जापान पराजित भयाे । अन्तिम समयमा अाएर जापानले हारेपछि बहुचर्चित लाेक तथा दाेहाेरी गायिका एवं राष्ट्रियसभाकी सांसद काेमल वलीले भाबुक हुँदै जापानकाे खेल काैशलकाे प्रशंसा गर्नुभएकाे छ ।
सोमबार मध्यराती ट्वीट गर्दै वलीले प्राविधिक रूपमा बेल्जियमले जिते पनि अाफ्ना लागस भने जित जापन कै भएकाे बताउनुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ”कस्तो नमज्जा । प्राविधिक रुपमा बेल्जियमले जिते पनि यो खेल मेरालागि जापानले नै जितेको हो । सुन्दर फुटबल कौशल प्रदर्शन गरेकोमा बधाई जापानी टिम ।”
प्रिक्वाटर फाइनलमा अाइतबार राति भएकाे खेलमा जापान बेल्जियमसँग ३-२ गाेल अन्तरले पराजित भएकाे थियाे ।
https://twitter.com/OliKomal/status/1013878293865615361










