काठमाडौं– रसियामा जारी विश्श्कप फुटबलमा सट्टेबाजी लगाउने तीन जना काठमाडौंमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजुका प्रकट महर्जन, रामघाटका रेजिन महर्जन र चागलका सजेन शाहीलाई पक्राउ गरेको हो।

सोमबार भएको विश्वकपका खेलमा पैसाको लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुबाट प्रहरीले ६ लाख ९९ हजार रुपैयाँ बरामद गरेको छ।

गत महिना काठमाडौं पसिसरले सट्टेबाजीको आरोपमा खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरु दबाबका कारण एक सातामै छुटेका थिए। सो समूहले अहिले पनि सट्टेबाजी लगाइरहेको स्रोत बताउँछ।

विश्वकप चलिरहँदा काठमाडौंमा दैनिक करोडौंको हारजित हुने गरेको छ। टोल टोलमा एजेन्टहरु राखेर सट्टेबाज गिरोहले सट्टेबाजी लगाउँदै आएका छन्।