पोखरा । प्रदेश नम्बर ४ को मंगलबारको बैठक नाम विवादको कारण स्थगित भएको छ । प्रदेशसभाबाट नाम गण्डकी प्रदेश राख्न प्रस्ताव गरेको थियो । उक्त नाममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रै राय बाँझेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठक विशेष कारण जनाइ असार २१ गते ्दिउँसो २ बजेको लागि सारिएको छ । नामङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा पहिलोमा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड