नेपाल कम्युष्टि पार्टी (ने क पा) ले सचिवालय बैठक आह्वान गरेको छ ।

नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक बुधबार (भोली) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएपछि बनेको नेकपाको यो तेस्रो सचिवालय बैठक हो ।

नेकपाले नौ सदस्यीय सचिवालय बनाएको छ । सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पोरखेल छन् ।

बैठकमा समसामयिक राजनीति, पार्टीका तल्ला कमिटी र जनसंगठनको एकताका गर्नका लागि बनाइएका कार्यदलका प्रतिवेदन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

तत्कालीन एमाले र माओवादीबीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो ।