लगातारको वर्षासँग सप्तरीको महुली खोलामा आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुल भासिएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुलको करीब ५० मिटर भासिएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर पुल भाँसिएपनि सवारी आवागमन भने नरोकिएको उनले जानकारी दिए । भाँसिएको पुलको दक्षिणतिरबाट सवारी सञ्चालन भइरहेको बताए ।

मंगलबारदेखि सप्तरीमा वर्षा नभएपछि पहाडी क्षेत्रमा भएको वर्षाका कारण खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित छन् ।