कर्मचारीको विदेश भ्रमण मा प्रधानमन्त्रीले चासो देखाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयले २०७५ वैशाख १ गतेदेखि हाल सम्मको विदेशभ्रमण को विवरण तीन दिन भित्र पठाउन मन्त्रालयहरूलाई पत्राचार गरेको छ।

सचिवालयले पठाएको पत्रमा विदेश भ्रमण गरिएको देश, मिति, कर्मचारीको संख्यासहित भ्रमणको प्रयोजन तथा कार्यक्रम र त्यसमा भएको खर्च लगायत विवरण पठाउन निर्देशन दिइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो चरण अर्न्तर्गत सबै भन्दाबढी विदेश भ्रमण हुने आधा दर्जन भन्दाबढी मन्त्रालयहरूमा पत्राचार गरिएको छ, जसमा स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्यत था आपुर्ति, कृषि, भूमिव्यवस्था तथा सहकारी, खानेपानी, ऊर्जा, जलस्रोततथा सिचाइँ मन्त्रालय लगायत छन्।

सरकारी पदाधिकारी को वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५लाई प्रभावकारी कार्यान्वयन गराउन विवरण माग गरिएको प्रधानमन्त्री को निजी सचिवालयका शाखा अधिकृत विवेक घिमिरेले जानकारी गराए।