प्रदेश सातको अग्रणी शैक्षिक संस्था धनगढी स्थित कैलाली बुहमुखी क्याम्पस (केएमसी)को प्रशासनलाई स्वतन्त्र विद्यार्थी यूनियनले अन्तिम चेतावनी दिएको छ । मंगलबार बुझाएको ज्ञापनपत्रलाई अंगिकार नगरे कडारुपमा प्रस्तुत हुने भन्दै प्रशासनलाई यूनियनले अन्तिम चेतावनी दिएको हो ।

पटकपटक प्रशासनको ध्याकर्षण गरे पनि सुनुवाइ नभएको भन्दै यूनियनले मंगलबार ११ बुदें ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कैलाली बहुमुखी क्याम्पस (केएमसी)लाई सुप विश्वविद्यालयमा आंगिक बनाउनुपर्ने, क्याम्पसको व्यवस्थापन समिति बैधानिक तरिकाले निर्माण गर्नुपर्ने, क्यूएए प्राप्त गर्दा गरिएका प्रतिवद्धता पूरा गर्नुपर्नेलगायत माग राखिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुझाएका मागहरु पूरा हुनेमा विश्वस्त रहेको स्ववियू सभापति चुडामणी भट्टले बताए । उनले यदि अब पनि मागहरु पूरा गर्न प्रशासनले बहाना गरे चुप लागेर नबस्ने चेतावनी दिए । हजारौं विद्यार्थीको भविष्यसँग प्रशासनले खेलबाड गर्न खोजेकाले यसको विरुद्धमा यूनियन कडा भएर लाग्ने पनि सभापति भट्टले प्रतिवद्धता जनाए ।

विगतमा मौखिकरुपमा मात्रै माग राख्दै आएकाले प्रशासनले टेरपुच्छर नलगाएको यूनियनको आरोप छ । अब पनि क्याम्पस प्रशासनले त्यस्तै हर्कत दोहोर्याए सशक्तरुपमा अगाडी बढ्ने स्ववियू सभापति भट्टले बताए ।

सुप विश्वविद्यालयले केएमसीबाहेक अन्य १४ आंगिक क्याम्पसका कार्यालय सहयोगीदेखि प्राद्यापक, उपप्राद्यापलाई नियुक्ती दिइ सकेको छ । तर, केएमसीले भने स्वास्र्थ पूरा नभएकाले नियुक्ती लिन नमानेको विद्यार्थी संगठनको आरोप छ ।

यूनियनले कैलाली बहुमुखी क्याम्पस प्रशासनले १५ जना कर्मचारीलाई एकै पटक नियुक्ती नदिने भएकाकारण आंगिकमा जान आनाकानी गरिरहेको आरोप लगाएको छ । केएमसीलाई यहि महिनाभित्र विश्वविद्यालयको आंगिक नबनाए अर्को महिनादेखि आन्दोलनमा उत्रिने यूनियन सभापति भट्टले चेतावनी दिए ।