दमक/झापाको दमक वडा नं. ३ स्थित दुधेमा मावा खोलाले कटान तिब्र बनाएपछि स्थानीयहरु अप्ठेरोमा परेकाछन् । वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार जमिन कटान तिब्र बनाएपछि स्थानीयहरुको ठुलो क्षति हुन थालेको छ । कटान यसरी नै भएको अवस्थामा बस्तिहरु समेत जोखिममा पर्ने उनले बताए । कटान नियण्त्रणका लागि प्रयास भइरहेको उनले जनाए ।