विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा भएका सम्झाैतामाथि प्रश्न उठाउन अावश्यक नरहेकाे बताएका छन् ।

नयाँ पत्रिकाकाे फेसबुक लाइभकाे क्रममा न्युजरूमबाट अायाेजित अन्तरकृयामा संयाेजक मिश्रले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले गरेकाे सम्झाैताले राष्ट्रकाे अहित गर्ने काम नगरेकाे बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विशेषगरी उत्तरलार्इ जाेड्न गरी बनाइने भनिएकाे रेलकाे प्रसंगमा कुरा गर्दै मिश्रले कुन माेडालिटी अपनाएर रेल लाइन निर्माण गर्ने भन्ने कुरा छलफलकाे विषय भने भएकाे बताए ।

नेपालका लागि सामान लिएर अाउने चिनियाँ रेलले चिनियाँ पर्यटकसमेत ल्याउने वातावरण बनाउनेतिर पनि प्रशस्त ध्यान दिइनुपर्ने उनकाे भनाइ छ । नयाँ पत्रीका बाट