प्रहरी र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)का कार्यकर्ताबीच काठमाडौंस्थित माइतीघर मण्डलामा झडप भएको छ।

सरकारले तोकेको निषेधाज्ञा तोड्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा भेला भएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदर्शनकारीले ओली तिम्रो पाराले दुःख पाए साराले, निषेधाज्ञा मान्दैनौं, नागरिक स्वतन्त्रता कुण्ठित नगर आदि नारा लगाएका थिए। निषेधाज्ञा तोडेको केही समयमै प्रहरीले हस्तक्षेप गरेको छ। केहीदिन अघिमात्र सरकारले विरोध प्रदर्शनका लागि निश्चित स्थानहरु तोकेर तीबाहेक अन्य स्थानमा प्रदर्शन गर्न नपाइने घोषणा गरेको थियो।

भिडियो हेर्नुस्:

सरकारले गत वैशाख १६ गतेदेखि लागू हुने गरी काठमाडौंमा खुलामञ्च, तिनकुने खुल्ला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला, खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुल्ला स्थान र सिफल चौर, गौशाला मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो।

नेपाल खबर बाट साभार