काठमाडौं । सरकारले डाक्टर गोविन्द केसीले अधिनायवादी शैलीमा सडकबाट विधि विधान बनाउन खोजेको दाबी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक र राजनीतिक महत्वका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले लोकतन्त्र विधिको शासन भएकाले आफ्ना मागहरु सोही ढंगले अघि बढाउनुपर्ने बताए।

सरकारले डाक्टर केसीको राजनीतिक अधिकारको सम्मान गर्ने भन्दै उनले लोकतन्त्र विधिको शासन भएकाले सबै नागरिकले कानुनको सम्मान गर्नुपर्ने बताए । सदनबाटै समस्या समाधान खोजिनुपर्ने भन्दै उनले सडकमा विरोध गर्नु अधिनायकवाद भएको टिप्पणी गरे । उनले भने, “जनअदालत भनेको प्रतिनिधिसभा हो । राष्ट्रिय सभा हो । सडकमा कुनै समस्या समाधान हुन सक्दैन, त्यो अधिनायकवादी चरित्र हो ।” उनले लोकतान्त्रिक तरिकाले समस्याको समाधान खोज्न डाक्टर केसीलाई आग्रह गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्री थापाले सरकारले स्वास्थ्य परीक्षणमा रोक लगाएको भन्ने विषय सत प्रतिशत गलत भएको बताए । उनले डाक्टर केसीले नै उपचार लिन नमानेर डाक्टरहरु फर्काएको दाबी गरे । उनले भने, “जबरजस्ती ल्याउने हो भने सदनले हामीलाई आदेश दिनुपर्यो, घिच्याएर ल्याउनुपर्यो । त्यसो गरौं भने पनि मानवअधिकारको, लोकतन्त्रको हनन हुन्छ । हामी बडो दुविधामा छौं । हामी हटलाईनमा छौ जुम्लासँग । हामीले हेलिकोप्टर ठिक पारेर पनि राखेका छौं ।” उनले प्रतिष्ठानभित्र अनसन गर्न रोक लगाइएको विषय सत्य भएपनि अनसनै बस्न नदिएको भन्नेमा सत्यता नभएको स्पष्ट पारे ।

उनले डाक्टर केसीलाई गिरफ्तार नगरेको तथा अनसनबाट रोक्नेकाम नभएको र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा दमन गर्ने काम नगरेको स्पष्ट पारे अति संवेदनशील ठाउँहरु जहा पनि निषेधित हुने भन्दै उनले विरोधको अधिकारलाई सरकारले कुण्ठित नगरेको र हरेक जनताको जीउधनको स्ुरक्षा गर्ने प्रतिवद्धता जनाए ।