ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ३५ बुँदे योजना सार्वजनिक गरेकी छिन् ।

मन्त्री थापाले सार्वजनिक गरेको भावी योजनामा कानूनी तथा नीतिगत, संस्थागत तथा संरचना र कार्यक्रमगत गरी तीन भागमा विभाजन गरेको भावी योजना सार्वजनिक गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको योजनामा नेपालको संविधान र नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुकुल राष्ट्रिय लैंगिक नीति निर्माण गरी यथासिघ्र कार्यान्वयनमा ल्याउने, सबै प्रकारका महिला हिंसालाई कानुनी दायरामा ल्याउने र पीडितलाई क्षतिपूर्ति दिने लगायत ११ बुँदा नीतिगत योजना रहेको छ ।

त्यस्तै संस्थागत योजनामा केन्द्रमा बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका गुनासो सुन्न एवं समस्या समाधान गर्नका लागि सहयोगी सेवा कक्ष, समस्या समाधान कक्षको स्थापना गरी संचालनमा ल्याउने छ ।

भने अर्को संस्थागत योजनामा प्रत्येक स्थानीय तहमा महिला हिंसा तथा दुव्र्यवहार, बालबालिका विरूद्धको हिंसा, सडक बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको गुनासो सुन्न र अधिकारको सुनिश्चितताका लागि निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, शिक्षक, पत्रकार सम्मिलित तत्काल उद्धार समूह गठन गरी उद्धार तथा संरक्षणको काम गर्न प्रोत्साहित गरिने रहेको छ ।

त्यस्तै २० बुँदा लामो कार्यक्रमगत योजनामा सार्वजनिक निजी साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्रीहरुको उत्पादन र वितरणको व्यवस्था ७ वटै प्रदेशमा विस्तार गरिने, सार्वजनिक यातायातमा महिला हिंसालाई शून्य बनाउन तथा जेष्ठ नागरिक र अपाङ्गता मैत्री बनाउन साझा यातायात लगायतका सार्वजनिक यातायातका संस्थाहरूसँग सहकार्य गरी कार्यान्वयन गरिने लगायतका रहेका छन् ।

मन्त्री थापाले यि योजना आगामी एक वर्षको लागि रहेको बताउँदै आफूले बनाएको योजना पूरा गर्न मन्त्रालयमा विशेष टीम बनाएर काम गरेको जानकारी दिईन् ।

हेर्नुस् मन्त्री थापाकाे याेजना जस्ताकाे त्यस्तै

महिला खबर बाट साभार