दमक /पाँच वर्ष पाठेघरमा क्यान्सर रोग लागेकी झापा, दमक–६ की ४३ बर्षिया राधादेवी शाहले उपचारका लागि सवैसंग याचना गरेकी छन् । चटपटे बेचेर गुजारा गरिआएकी शाहलाई क्यान्सर रोग लागेपछि यतिखेर उहाँ आफनो बचाउका लागि याचना गरिआएकी हुन् ।

आफनो जायजेथा र छरछिमेकीले सहयोग जुटाएर पाँच महिना लामो उपचार गरेपनि थप उपचार गर्न समस्या आर्थिक अभाव भएपछि दयालु मनकारीहरुसंग याचना गरिआएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिवारका सवैजायजेथा आफनै उपचारमा सकिएको पीडित शाहले विलौना सुनाइन् । ‘ सम्पतिनै कहाँ थियो र ? पीडा पोख्दै शाहले भनिन् –‘ डाक्टरले थप उपचार गर्न सल्लाह दिएपनि रकम नहुदाँ त्यतिकै मर्नुपर्ने अवस्था आएको छ ।’

भरतपुर क्यान्सर अस्पतालमा उपचारत शाहले तीन पटक रोग प्रतिरोध किम्बु चढाएकी थिइन् । थप किम्बु चढाउनु पर्ने डाक्टरले सल्लाह दिएपनि उपचार गर्ने पैसा नहुदाँ एक वर्षदेखि उपचार गराउन नसकेको उनले दुखेसो पोखिन् ।

शाहकी पति कनैयाले समेत श्रीमतीको उपचार गर्न लाग्ने रकम नहुदाँ समस्या झेल्नुपरेको बताइन् । ‘त्यतिका व्यापारले पारिवारिक गुजारा त धान्ननै धौ धौ पर्ने गुनासो सुनाउदै कनैयाले भने ,–‘ सहयोगका लागि कहिले नगरपालिकादेखि अन्यत्र सामाजिक संघसंस्थाहरुसंग याचनाका लागि धाए पनि सहयोग पाउन सकेनौं ।’

हाल दमक–८ को एक घरमा भाडामा बस्दैआएका पति शाहले हातमुख गुजाराका लागि चटपटेको व्यापार गरिआएका छन् भने विरामी राधादेवी भने उपचार गर्ने पैसा जोहोका लागि हाटबजार चार्हदै आएकी छन् ।

उनले भनिन्, –‘मृत्युको दिन पर्खदै छ, मलाई बचाईदिनस्,म बाँच्न चाहन्छु ।’ विरामीलाई सहयोग गर्न चाहनेले कनैयाको फोन नम्बर ९८१६०९८०५९ मा सम्पर्क गर्न सक्ने बताएका छन् ।