असार २१ गते अर्थात् बिहिबार मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, असार २२ गते अर्थात् शुक्रबार देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका केही स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ ।