दमक/नेपाली काँग्रेसका युवा नेता एवं पुर्व मन्त्री गगन थापाले झापास्थित बिएण्डसि अस्पतालका सञ्चालक दुर्गा प्रशाइले लगाएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिएकाछन् ।
सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर उनले प्रशाइलाइ यस्तो चुनौती दिदै भनेकाछन्, मलाइ आरोप लगाउदा खण्डन गर्दै हिड्ने फुर्सुद त छैन तर पनि आरोप पुष्टाइ गरे म राजनीतिक र सामाजिक क्षेत्रबाट अलग रहने छु ।
आफुमाथि बारम्बार यस प्रकारका आरोपहरु लाग्दै आएको जनाउदै पुष्टि गरेर देखाउनका लागि उनले आग्रह गरेकाछन् । उनले स्वरोजगार कोषको रकम देखि लिएर आफैमाथि बम हान्न लगाएका जस्ता आरोप लगाएको स्मरण गर्दै यसबाट बिचलित नहुने उनले जनाएकाछन् ।










